२०८१ श्रावण १२

मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत ।

काठमाण्डौँ, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न सकेका छैनन्।
बुधबार पाँचौँ पटक विश्वासको मत मागेकोमा यादवको पक्षमा ५० जनाले मात्र मतदान गरेका छन्। हाल १०६ जना प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा बहुमतका लागि ५४ जना सदस्यको समर्थनको आवश्यकता रहेकोमा उपस्थित रहेका १०३ जनामध्ये उनको पक्षमा ५० जनाले मतदान गरेका थिए भने विपक्षमा ५३ जनाले मतदान गरेका थिए ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीको पक्षमा बुहमत सदस्यले मतदान नगरेकाले उनले पेश गरेको प्रस्ताव पारित नभएको घोषणा गरे।