२०८१ आश्विन २०

वडाध्यक्षको फेसबुक ह्याक गरी अनलाइनबाट ठगी गर्ने पक्राउ ।

तनहुँ, तनहुँको म्याग्दे गाउँपालिका– ४ का वडा अध्यक्ष दीपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी ठगी गर्ने सर्लाहीका वर्ष २६ को सुमन बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बुढाथोकीले लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भनी वडाध्यक्ष श्रेष्ठको फेसबुकबाट म्यासेज गरी विश्वास दिलाई इसेवा आईडीमार्फत वैशाख १९ गतेदेखी पटक पटक गरी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको आवश्यक सहयोगमा बागमती नगरपालिका– १ बाट पक्राउ गरी अनलाइन ठगी सम्बन्धी कसुरमा बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको तनहुँले जनाएको छ ।