२०८१ आश्विन २०
नारायणहिट्टी दरबार हत्याकाण्डको २३ वर्ष पूरा, स्वतन्त्र अनुसन्धान नभएको जनगुनासो कायमै ।
काठमाण्डौँ, नारायणहिट्टी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते राति नारायणहिट्टी दरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको थियो । उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो ।
नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।
उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, छानबिन समितिको अनुसन्धान स्वतन्त्र नभएको धेरैले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्