२०८१ श्रावण १२

बंगलादेशमा आँधीबाट १० जनाको मृत्यु, ३० हजारभन्दा बढी घर पूर्ण क्षतिग्रस्त ।

काठमाण्डौँ, बंगलादेशमा आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पु¥याएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
“अधिकांशको मृत्यु घर वा पर्खाल भत्किँदा भएको बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले बताए भने, तीनजनाको डुबेर मृत्यु भएको छ ।”
आइतबार राति ‘रेमाल’ नामक चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो । सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ । “चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च रहेको अलीले भने ।


सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुईजनाको मृत्यु भएको छ । “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पु¥याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छ ।”
“चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजारभन्दा बढी मानिस अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा रहेको चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले बताए ।”
बंगलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बंगलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इञ्जिनियर विश्वनाथ सिकदर आँधीका कारण चटगाँव क्षेत्र पूर्णरूपमा विद्युतविहीन बनेको छ । त्यसैगरी आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ । चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत आपूर्ति सुचारु गर्नेछौँ” चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले बताए ।