कतार एयरलाइन्सको विमान हवाई तुफानमा पर्यो, कतार एयरवेजका १२ यात्रु घाइते ।
काठमाण्डौँ, कतारको दोहाबाट डब्लिनका लागि उडेको कतार एयरलाइन्स विमान हवाई तुफान (टर्बुलेन्स)मा पर्दा १२ जना घाइते भएका छन् ।
कतार एयरवेजको फ्लाइट क्यूआर १०७ को उडान टर्कीको आकाशमा रहेको बेलामा हवाई तुफानमा परेको थियो । स्थानीय समय अनुसार आइतबार १ बजे डब्लिनमा अवतरण भएको थियो । चालक दलका ६ जना र ६ जना यात्रुहरू घाइते भएको । डब्लिन
डब्लिन विमानस्थलले यात्रुहरूलाई सहयोग गर्ने काम भइरहेको र स्टाफ तथा अपरेसनको कार्यमा कुनै पनि असर नगरेको जनाएको छ । कतार एयरवेजले घाइतेहरूलाई मेडिकलमा ध्यान दिइएको जनाएको छ ।
यसबारे आन्तरिक अनुसन्धान भइरहेको समेत एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले यात्रुको सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको समेत जनाएको छ ।
केहीदिन अघिमात्रै सिंगापुर एयरलाइन्सको विमान लन्डनबाट सिंगापुर आउने क्रममा म्यान्मारको आकाशमा टर्बुलेन्समा परेपछि एक जनाको मृत्यु भएको थियो भने ७१ जना घाइते भएका थिए ।
उक्त विमान आकस्मिकरूपमा बैंककमा अवतरण गरिएको थियो । सो एयरलाइन्सका २० भन्दा बढी यात्रु सिकिस्त भएकाले आईसीयूमा राख्नुपरेको जनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्