२०८१ आश्विन २

टिप्ताला नाका खुलाउने तयारी, यसै महिना भित्र नाका खुल्ने ।

काठमाण्डौँ, उत्तरी ताप्लेजुङमा रहेको नेपाल–चीन टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो ।
चीनका तर्फबाट तयारी पूरा नभएकाले गत वैशाख २५ गते नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताए । यही महिना भित्र खुल्ने गरी तयारी भइरहेको प्रजिअ अधिकारीले बताए ।
नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बतको रिउ प्रवेश गर्न दिने र तिब्बतकालाई व्यापारका लागि अध्ययन गर्न अनुमति दिनेगरी समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । टिप्ताला नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनालले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् ।