२०८१ आश्विन २

इरानमा जुन २८ तारिख राष्ट्रपति निर्वाचन हुने ।

काठमाण्डौँ, इरानमा आगामीे जुन २८ तारिखमा राष्ट्रपति निर्वाचन हुने भएको छ । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको सोमबार पुष्टि भएपछि उक्त निर्वाचनको मिति तय गरिएको हो ।
इरानको संवैधानिक व्यवस्थानुसार, राष्ट्रपतिको मृत्युपछि ५० दिनभित्र उक्त पदको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
इरानको संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोखबर देजफुलीले सोमबारदेखि नै कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । उनले कार्यकारी प्रमुखका रूपमा राष्ट्र्पतिको निर्वाचन गराउनेछन् ।