२०८१ श्रावण १२

सडकको ट्रयाक खुलेको करिब २६ वर्षपछि कालोपत्रे ।

काठमाण्डौँ, ट्रयाक खुलेको करिब २६ वर्षपछि गोरखाको कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालयले चार करोड ११ लाख ५६ हजार रुपैयाँ लागतमा कट्टेलचोक–आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए । गत वैशाखमा सडक कालोपत्रे थालिएको हो ।
गोरखा नगरपालिका–८ र ९ जोड्ने उक्त सडकखण्ड २०५५ सालमा निर्माण गरिएको थियो ।