२०८१ मंसिर २९

काठमाडौं–तराई–मधेस द्रुतमार्ग : लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु ।

काठमाण्डौँ, नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये एक हजार ६३३ मिटर लम्बाइ रहेको काठमाण्डौँबाट निजगढतर्फ जाने सुरुङमार्गको आज २०८१ जेठ ४ गते ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको छ ।


द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरू मध्ये निकट भविष्यमा दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको सेनाले जनाएको छ ।
नेपाली सेनाले २०७४ सालेदेखि द्रुतमार्ग निर्माण कार्यको जिम्मेवारी लिएको हो । २०८३ चैत मसान्तसम्म द्रुतमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सेनाले लिएको छ ।