२०८१ मंसिर २९

स्लोभाकियाका प्रधानमन्त्री खतरा मुक्त, शल्यक्रिया गरेर गोली निकाल्यो ।

काठमाण्डौँ, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको शल्यक्रिया पछि खतरा मुक्त भएको जनाइएको छ ।
५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए ।

पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उहाँको शल्यक्रिया गरिएको ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।
बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला गोली प्रहार भएको थियो । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेका छन् । यस्तै, गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिक रूपमा प्रेरित भएको टिप्पणी गरेकाछन् ।
राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो ।
फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियाको संसदीय चुनाव जिते थिए ।