मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द ।
काठमाण्डौँ, ताप्लेजुङ्गको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर (मुक्कुम्लुङ) क्षेत्रमा भइरहेको वन फँडानीको विरोधमा आज मेची राजमार्ग र तमोर कोरिडोर सडक बन्द गरिएको छ ।
किराँतीहरुले आस्थाको केन्द्र पाथिभरा (मुक्कुम्लुङ)मा केवलकार लैजाने भन्दै केवलकार सञ्चालनका लागि रुख काट्न थालेपछि बन्दको आह्वान गरिएको हो ।
बन्दका कारण मेची राजमार्गमा यातायतका साधन ठप्प भएका छन् । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघसंस्थाले बन्दको आवहान गरेका हुन् ।
बन्दले इलाम, पाँचथर, ताप्लेजुङ र झापाको जनजीवन प्रभावित बनेको छ । निजी कम्पनीलाई केवलकार सञ्चालन गर्न दिनका लागि रुखहरु कटान थालिएको छ । रुख काटेको बिरोधमा आज र भोलिका लागि मेची राजमार्ग र तमोर करिडोर सडक बन्दको आव्हान गरिएको छ । बन्दका कारण तमोर कोरिडोर सडक खण्डमा समेत यातायतका साधान चलेका छैनन् ।
वन फँडानी गरिएको क्षेत्र आम मानिसको ‘आस्थाको केन्द्र’ भएकाले जबर्जस्ती रुख फँडानी नगर्न बन्दकर्ताले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्