आज काठमाडौंसहित देशभर वर्षा हुने, एक-दुई स्थानमा भारी बर्षको सम्भावना

काठमाण्डौँ, आज काठमाण्डौँ लगायत देशका अधिकांश स्थानमा बर्ष हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित वर्षा भइरहेको विभाले जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिनभरी नै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुन्छ, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शनिबारको तुलनामा आज (आइतबार) वर्षाको सम्भावना बढी छ । सोमबार (भोली) पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ । आइतबारभन्दा तुलनात्मक रूपमा सोमबार केही कम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्