गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ।
काठमाण्डौँ, पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको कारण काठमाण्डौ उपत्यका सहित देशका केही भ—ुभागमा बिहानैबाट हल्का बर्षाा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही वाग्मती र कोसी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्