२०८१ फाल्गुन ५

पूर्वशिक्षकद्वारा छात्रालाई गोली प्रहार, प्रेम प्रस्ताव अस्विकार गरेको खुलासा ।

काठमाण्डौँ, झापाको दमकमा गोली लागी गम्भीर घाइते भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको तर फरार रहेकाले खोजी कार्यका सार्थ घटनाको अनुसन्धान भइरहेको प्रहरी कार्यालय दमकले जनाएको छ ।
शुक्रबार कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेको प्रहरीको भनाइ छ ।
उदयपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् ।
अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् । प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् ।
एनिकाको शरीरमा लागेको गोली दमकस्थिक लाइफ लाइन अस्पतालमा अप्रेसन निकालिएको छ । उनको नाभि छेउमा गोली लागेको थियो । गोली हान्नुको कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।