२०८१ श्रावण १२

आजबाट नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन 

काठमाण्डौँ, आजदेखि नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाण्डौँमा सुरु हुँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गरेका छन्। त्यसअघि पत्रकारहरूले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेको थियो ।
केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकार काठमाण्डौँ आइसकेका छन्। केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ ।