२०८१ जेष्ठ ४

धादिङको थाक्रेमा आगलागी, तेजबहादुर र ठूली तामाङको मृत्यु ।

काठमाण्डौँ, धादिङको थाक्रे गाउँपालिका–५, गैरिखर्कमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ ।
गए राति करिब साढे ११ बजे तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ
बुधबार राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको प्रहरी कार्यालयले जनाएको छ ।
ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । बाबु आमाकोआगलागीमा मृत्यु भएको खबर पाउन साथ काठमाण्डौँमा बस्दै आएका छोराछोरी त्यसतर्फ गएका छन् ।