२०८१ श्रावण १२

आज पनि काठमाण्डौँ विश्वकै प्रदूषित सहर ।

काठमाण्डौँ, आज (शनिबार) पनि काठमाण्डौँ  विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ ।
आज बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाण्डौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क पुगेको छ । यसलाई अस्वस्थ मानिन्छ ।
दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।
शीर्ष १० स्थानमा क्रमशः इन्डोनेसियाको मेदान, थाइल्याण्डको चियाङ माई, इराकको बगदाद, बंगलादेशको ढाका, भारतको नयाँ दिल्ली, इन्डोनेसियाको जकार्ता र म्यानमारको यानगोन रहेका छन् ।