२०८१ श्रावण १२

मनाङको भिमथाङबाट पाँच विदेशी पर्यटको हेलिकप्टरद्धारा उद्धार ।

काठमाण्डौँ, हिमालपारीको जिल्ला मनाङ भ्रमणमा आएका पाँच विदेशी पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
सोमबार मनास्लु पदमार्ग अन्तर्गत नासों गाउँपालिका–७, भिमताङबाट उनीहरूको उद्धार गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
उद्धार गरिएको पाँच विदेशी पर्यटक गोरखाको मनासलु र मनाङको सिमा लार्केपास गरी मनाङतर्फ झर्नेक्रममा लेक लागेर सिकिस्त विरम िपरेपछि भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
साउथ अफ्रिकाका दुई, न्यूजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताए । लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उनले बताए ।
उनले भने, “तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ । यहाँको यात्रामा सवारी साधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनु पनि आग्रह गरेका छन् ।