मनाङका बिनोद गुरुङ पन्ध्र वर्षपछि सङ्गीतमा पुनरागमन, ‘हिम घोडा’ म्यूजिक भिडियो सार्वजनिक ।
काठमाण्डाँै, मनाङका सफल पर्यटन व्यवसायी, समाजसेवी, चलचित्र निर्माता एवं गायक बिनोद गुरुङ पन्ध्र वर्षपछि पुनः सक्रिय रूपमा सङ्गीत क्षेत्रमा फर्किएका छन् । उनले आफ्नो नयाँ गीत ‘हिम घोडा’ म्यूपजक भिडियो मंगलबार सार्वजनिक गरी श्रोतामाझ पुनरागमन गरेका हुन्।
‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गरेका हुन् भने सङ्गीत सम्योजन राजु खडकाले गरेका छन् । लामो समयपछि पुनः सङ्गीतमा फर्किन पाउनु आफ्नो लागि सपना पूरा भएको अनुभव भएको गुरुङ बताउँछन् । “गीत–सङ्गीत भनेको भगवान् सरह हो, जसले मलाई सधैं ऊर्जा र प्रेरणा दिन्छ” उनले भने ।

उक्त गीतको छायाङ्कन मनाङ जिल्लाका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ । यस गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । अब बर्षमा १,२ गित गर्ने र गितको म्युजिक भिडियो मनाङमै छांयाकन गर्ने गायक गुरूङले बताए ।

गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा व्यक्त गरेका छन् ।

यो गितको भिडियोको मुख्य भुमिकामा आनन्द गुरूङ र तलिसा गुरूङको अभिनय रहेको छ भने निर्देशक इडिटर,ड्रोन माष्टर जोन राईले गरेका छन ।क्यामरामा दिका गुरूङ, मेक अप छिमी तामाङ , ड्रेस डिजाईन इन्ता श्रेष्ठ ले गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्