२०८३ बैशाख १४

आजदेखि कक्षा १२ को परीक्षा शुरु, मनाङका ३१ विद्यार्थी सहभागी

काठमाण्डौँ, यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि शुरु भएको छ ।
बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा कम हिमालपारीको जिल्ला मनाङमा यस वर्षको कक्षा १२ को परीक्षामा लोकप्रिय उच्च मा.वि. चामे र प्रकाशज्योती उच्च मा. व थोँचेका गरी कूल ३१ जना विद्यार्थी सहभागी भएका छन् । लोकप्रिय उच्च मा.वि.चामे परीक्षा केन्द्रमा सोही उ.मा.वि.का १८ वद्याथी प्राविधिक धारका रहेका छन् भने प्रकाशज्योती उच्च मा. वि थोँचेका १३ जना विद्याथीहरु लेखा विषयका रहेका छन् ।
यस वर्ष देशभर एक हजार ४ सय २० र जापानमा एक गरी कूल एक हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।
वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ ।
परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार एक सय ७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १ सय ३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी छन् ।