२०८१ श्रावण १२

७५ वर्षपछि यूएईमा भारीवर्षा, बर्षाले जनजिवन अस्थब्यस्त ।

काठमाण्डौँ, युनाइटेड अरब इमिरेट्समा ७५ वर्षपछि आएको सबैभन्दा ठूलो वर्षाले सन्नाटा छाएको छ । करिब २४ घण्टा सम्म कतिपय स्थानमा २५० मिलिमिटर सम्मको वर्षा भएको स्टेट मिडिया अफिसले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।
वर्षाले सडकमा बाढी आउनुका साथै रुख ढल्ने र भवनका छाना समेत फाटेका थिए । सन् १९४९ पछि मध्यपूर्वको युनाइटेड अरब इमिरेट्समा वर्षाका कारण यस्तो अस्तब्यस्त अवस्था विगतमा कहिल्यै पनि देखिएको थिएन ।
मंगलबार करिब १२ घण्टाको अवधिमा १ सय मिलिमिटर सम्मको वर्षा निरन्तर भएको थियो । गाडीमा चढीरहेकाहरु गाडी छोडेर कुदेका थिए । बाटोमा बाढी आइसकेको थियो । भारी बर्षका कारण विश्वकै दोस्रो सबैभन्दा व्यस्त मानिने दुबई एयरपोर्ट बुधबार समेत आंशिक रुपमा अवरुद्ध भएको थियो ।
अर्को खाडी देश ओमानमा आएको बाढीमा १८ मानिसको मृत्यु भएकोसमाचार संस्था सीएनएनले जनाएको छ ।