२०८१ श्रावण १२

आजदेखि काठमाण्डौँ उपत्यकाको विभिन्न क्षेत्रमा विजुली अवरुद्ध हुने

काठमाण्डौँ , आजदेखि काठमाण्डौँ उपत्यकाको हलचोक ठूलोभ¥याङ, सानो भ¥याङ क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गते सम्म दैनिक ६ घण्टा विद्युत सेवा अवरुद्ध हुनेछ ।
विद्युत प्रसारण कन्डक्टर (तार) अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनमा मर्मत कार्य गर्न लागिएकाले बिहान ८ देखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।
सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र, सानो भ¥याङ, ठूलो भ¥याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सबस्टेसन पछाडि) बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।