२०८१ श्रावण १२

आज र भोली पनि हावाहुरी, चट्याङ सहित पानी पर्ने ।

काठमाण्डौँ, आज र भोली काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा साँझपख चट्याङ सहित पानी पर्ने जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेको छ । त्यसले गर्दा काठमाडौं नजिकका पहाडहरु स्पष्ट देखिन थालिसको छ भने वायुमण्डलीय प्रर्दुषण पनि कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान पनि काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेकोमा पानी परेपछि १५८ मा झरेको छ ।
बिहिबार अपराहन्न गण्डकी प्रदेशमा विकसित भएको स्थानीय वायुको प्रणालीका कारण गण्डकी, बागमती र कोशी भेगका पहाडी क्षेत्रतिर यसको प्रभाव परेको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोली पनि साँझपख पनि हावाहुरी, चट्याङ र पानी पर्ने पूर्वानुमान गरेका छन् ।