२०८१ बैशाख १८

ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित : मात्र ६ हजार परीक्षार्थी उत्तीर्ण ।

काठमाण्डौँ, ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि सञ्चालीत परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५ सय ८० जनाले परीक्षा दिएकोमा ६ हजार ३ सय २१ जना लिखित परीक्षामा पास भएका छन् । पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।
दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने कार्यालयले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो सक्कल पासपोर्ट र प्रवेश पत्र अनिवार्य रूपमा हुनपर्ने छ । अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरियाले शाखाले जनाएको छ।
दोस्रो चरणमा ७९ हजार ९ सय ३७ जनाको परीक्षा लिइनेछ। उक्त परीक्षा २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्नेछ। तेस्रो चरणको परीक्षामा ३६ हजार १ सय ७९ जना परीक्षार्थी सहभागी हुनेछन्।
ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रमा काम गर्न कोरिया जान १ लाख ६३ हजार ६सय ३५ जनाले आवेदन फारम भरेका छन् । त्यस्तै तेस्रो चरणको परीक्षा २०८१ को कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ को पुस २ गतेसम्म चल्ने ईपीएस कोरिया शाखाले जनाएको छ।