२०८१ श्रावण १२

वायु प्रदूषणको सूचीमा नेपाल पहिलो नम्बरमा ।

काठमाण्डौँ, वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार नेपाल खराब हावाको सूचीमा पहिलो नम्बरमा छ ।
सिंगापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ । जसअनुसार बुधबार बिहान ९ः०१ बजेको तथ्यांकअनुसार नेपालको एक्यूआइ २४७ रहेको छ । भारतको नयाँ राजधानी दिल्लीको एक्युआइ २०३ रहेको छ ।
एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ ।
तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोर सहरको प्रदूषणको अवस्था १९८ छ । चौथो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्युआइ १८३ छ।
एक्युआइ अनुसार ललितपुरको खुमलटार क्षेत्रको हावा निकै विषाक्त देखिएको छ । बुधबार बिहान मापन गरिएको सूचांक अनुसार ललितपुरको एक्युआइ २३६.९७ रहेको छ । काठमाडौंको रत्नपार्कको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुरको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ ।