राष्ट्रपति रामचन्द्र पौडेल सुनसरीको चतरा जाँदै ।
काठमाण्डौँ, राष्ट्रपति पौडेल सुनसरीको चतरामा आजदेखि एक महिनासम्म लाग्ने बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्न सुनसरी जाने कार्यक्रम छ ।
सुनसरीको चतरामा बिहान ११ः५० बजे हुने उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कुम्भको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको एक मात्र स्थानमा लाग्ने कुम्भ मेला स्थलमा राष्ट्रपति पौडेलले पूजा अर्चना गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले कुम्भ नगरी चतरामा रहेको श्रीराधासर्वेश्वर मन्दिरमा पूजा अर्चना गर्ने र जगद्गुरु पीठको मलद्वारमा रहेको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै आचार्य श्रीखेमराज केशव शरण स्मृति भवनको समुद्घाटन कार्यक्रम समेत रहेको छ । राष्ट्रपति पौडेलले कुम्भ स्थल क्षेत्रमा पञ्च कुण्डको परिक्रमा तथा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटनसँगै राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बाह्र बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आज चैत २७ गतेदेखि सुरु भएर आगामी वैशाख २८ गतेसम्म धार्मिक मेला लाग्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलाई नागरिकका तर्फबाट अभिनन्दन पत्रद्वारा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन गर्दै राष्ट्रपतिलाई भव्य स्वागत गरिने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्