२०८१ श्रावण १२

सुनसरीको अवस्था सामान्य बन्दै, अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायमै ।

काठमाण्डौँ, सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिको अवस्था सामान्य बन्दै गएको तर कर्फ्यु भने जारी नै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
दुई समूहका बीचमा ठाउँ ठाउँमा झडप भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।
कर्फ्युपछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका कार्यवहाक प्रमुख जिल्ला अधिकारी वेदनिधी फुयाँलले जानकारी दिए । ‘साँझबाट कहीँकतै पनि झडप र प्रदर्शन भएको सूचना नआएको आएको अवस्था सामान्य बन्दै गएको कावा प्रजिअ फुयाँलले बताए ।
एसईई परीक्षा भएको स्थलमा एक जना युवामाथि कुटपिट भएपछि दुई समुदाय बीचमा झडप भएको थियो ।
यसैबीच नेपाली काँग्रेस सुनसरीले अपिल जारी गर्दै द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने भन्दै चिन्ता प्रकट गरेको छ । यस्तै, नेकपा एमाले सुनसरीले पनि धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषी उपर कारबाही हुने भन्दै सबैलाई शान्त रहन आग्रह गरेको छ ।