२०८१ श्रावण १२

अमेरिकी स्वयंसेवकहरुले बागमती र गण्डकीमा काम गर्ने ।

काठमाण्डौँ, अमेरिकी स्वयंसेवकहरुले बागमती र गण्डकी प्रदेशका विभिन्न पाँच जिल्लामा गएर काम गर्ने भएका छन् ।
नेपालमा आवद्ध भएका अमेरिकी सहयोगी संस्थाका २२ जना स्वयंसेवकहरुले विभिन्न बागमती र गण्डकी प्रदेशका ५ जिल्लामा काम गर्ने भएका छन् । पिस कोर स्वयंसेवकहरुले काम गर्नेको २०९ औं समूहद्वारा शपथ ग्रहण कार्यक्रममा बोल्दै पिस कोर नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथले वागमतीको काभ्रेपलाञ्चोक र गण्डकी प्रदेशका लमजुङ, गोरखा, कास्की र स्याङ्जा जिल्लामा काम गर्ने बताए ।
सन् १९६२ यता नेपाल आएका अमेरिकी स्वयंसेवकहरुको यो २०९ औं समूह हो । नेपाल र अमेरिकी सरकारबीच सन् १९६२ मा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
निर्देशक ट्रोइ कफ्रथले भने, उनीहरुले भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक प्रशिक्षण पूरा गरेका छन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरुमा अंग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरुमा काम गर्नेछन् ।
नयाँ समूहसँगै नेपालका सात जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरुको संख्या ४० पुगेको छ । सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले स्थापना गरेका थिए । स्थापनाकालदेखि हालसम्म २ लाख ४० हजार भन्दा बढी अमेरिकीहरुले विश्वभर १४४ वटा देशमा सेवा गरिसकेका छन् ।