२०८१ आश्विन २१
पीएसजीद्धारा रेन्नेज १–० गोल अन्तरले पराजित, उपाधिका लागि लियोनसंग भिड्ने ।
काठमाण्डौँ, रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली पीएसजी फाइनलमा पुगेको छ ।
बुधबार राति पिन्स पार्कमा भएको सेमिफाइनल खेलमा रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली पीएसजी फाइनलमा पुगेको हो ।
पीएसजीको जितमा केलियन एमबाप्पेको गोल निर्णायक बन्यो। खेलको ३७औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। न्यानो ओमारीले एमबाप्पेलाई डीबक्समा लडाएपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो।
तर, एम्बाप्पेको प्रहार गोलरक्षक स्टीभ मन्डान्डाले ड्राइभ गर्दै बचाए। ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए। उनले फाबियन रुइजको पासमा गोल गरेका थिए ।
मे २५ मा फ्रेन्च कपको उपाधिका लागि पेरिस सेन्ट जर्मन (पीएसजी) र लियोन भिड्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्