२०८१ श्रावण १२

त्रिभुवन विमानस्थलमा उत्तरतर्फ (टुजीरो)बाट जहाज अवतरणमा रोक ।

काठमाण्डौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवारदेखि रनवेको उत्तर तर्फको बिन्दु (टुजीरो) बाट विमान अवतरणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन्।
क्षमता अभिवृद्धिका काम भइहेकाले उत्तरतर्फको (टुजीरो) बिन्दुबाट आगामी तीन महिनासम्मका लागि विमानहरू अवतरणमा रोक लगाइएको विमानस्थलका प्रवक्ता सुवास झाकाले बताए ।
“पूर्वाधार निर्माणका काम जारी रहुञ्जेल रनवेको दक्षिणी बिन्दु (जीरोटू) बाट जहाजहरू अवतरण गर्न पाउनेछन् छन् । अधिकारीहरूका अनुसार एशियाली विकास ब्याङ्क (एडीबी) को सहयोगमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि परियोजनाअन्तर्गत विभिन्न काम भइरहेका छन्। त्यसै सिलसिलामा एकातर्फबाट अवतरणमा रोक लगाइएको हो ।