२०८१ श्रावण १२

नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचनका उम्मेदवार तय गर्ने

काठमाण्डौँ, नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक ढाकेका हुन् ।
सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।