२०८१ श्रावण १२

माओवादीभित्र मतभेद, कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने ।

काठमाण्डौँ, कर्णाली प्रदेशमा केन्द्रीय गठबन्धनका नेताह?बीच प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा हुनका साथै माओवादीभित्रै मतभेद बढेको छ ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बेलुकी कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए ।
तर मुख्यमन्त्री शर्माले ‘केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिएको सरकारका प्रवक्ता, एवम् कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
अध्यक्ष कमरेडले मुख्यमन्त्रीज्यूलाई फोन गरेर एमालेलाई नेतृत्व छाड्न भन्नु भएको थियो,’ मन्त्री जिसीले भने, ‘मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिएका छन् ।
केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोह िब्यवस्था अनुसार मुख्यमन्त्री शर्माले आज (मंगलबार)को प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
केन्द्रीय निर्णय अनुसार राजीनामा दिनुपर्ने मुख्यमन्त्री शर्माले राजीनामा नदिएर प्रदेश सभाको कार्यसूची अनुसार नै विश्वासको मत लिने मन्त्री जिसीको दाबी छ ।
गत बुधबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव जर्नादन शमाले कर्णालीमा माओवादीको जनाधार बलियो भएको र बढी सिट पनि जितेकाले नेतृत्व छाड्न नहुने तर्क थियो । जनार्दनको पकड रहेको कर्णालीमा उनकै अपेक्षा विपरीत आएको अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयनमा नआउने नेताहरू बताउँछन् ।
अब मुख्यमन्त्री शर्मासामु राजीनामा दिने या प्रदेशसभा फेस गर्ने ? दुई वटा विकल्प छन् । मुख्यमन्त्री शर्माले प्रदेशसभा फेस गर्ने बताएका छन् । विश्वासको मत पाउँछन् या पाउँदैनन् भन्ने विषय नै अन्योलमा छ ।
यता, माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले भने केन्द्रको निर्णयलाई नै मानेर जानुपर्ने बताए । नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा प्रदेशमा माओवादी नेताहरूबीच नै एकमत देखिँदैन । अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने मल्ल र उपमहासचिव शर्मा समूहका नेताहरूको बोली फरक–फरक छ । पछिल्लो समय माओवादीभित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच दुरी बढ्दै गएको र कर्णालीबाट शर्माले प्रचण्डलाई नै चुनौती दिन खोजेको माओवादी नेताहरू बताउँछन् ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।