२०८१ श्रावण १२

नेपालकी कराँते खेलाडी एरिका गुरुङलाई युएस ओपनको स्वर्ण पदक ।

काठमाण्डौँ, नेपालकी कराँते खेलाडी एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।
अमेरिकाको टेक्ससमा जारी प्रतियोगितामा यु(२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा एरिकाले स्वर्ण पदक जितेका हुन । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेका थिए ।
चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुग्न पुगेका छन् ।
यस प्रतियोगितामा सहभागि नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भए । चार सदस्यीय नेपाली कराँते टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ रहेका छन् ।