२०८१ श्रावण १२

सगरमाथा आरोहणका लागि आइतबारसम्म ५२ जनाले अनुमति पाए ।

काठमाण्डौँ, वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आइतबारसम्म ५२ जनाले आरोहण अनुमति पाएका छन् ।
आइतबारसम्म ४ समूहका ५२ आरोहीले सगरमाथा आरोहण अनुमति पाएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहण गर्ने ५२ मध्ये ११ महिला रहेको विभागले जनाउको छ ।
आइतबारसम्म कुल १३ समूहका १ सय १४ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति जारी भएको हो ।


दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यस हिमालका लागि दुई समूहका २४ जनाले आरोहण अनुमति पाएका छन् । अमादब्लम हिमालमा ३ समूहका २३ जनाले अनुमति पाएका छन् ।
पुथा हिउँचुलीका लागि सात, हिँउचुली पाँच, काङ्ग्री शार दुई र जुगल हिमालका लागि एकले आरोहण अनुमति लिएको विभागले जनाएको छ । जारी अनुमतिबाट ८ करोड ३९ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।