२०८१ बैशाख १८

आज अप्रेल १ तारिख अर्थात अप्रेल फुल्स डे, एक–अर्कालाई झुक्याउँछन ।

काठमाण्डौँ । आज अंग्रेजी महिनाको अप्रेल १ तारिख अर्थात अप्रेल फुल्स डे मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै
प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरू १ अप्रिललाई नै नयाँ वर्ष मनाउँथे । त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए ।
यसरी पहिलो अप्रिललाई वर्षको सुरुवात मान्नेहरूलाई उनीहरूले गिज्याउने खालको उपहारहरू पठाएर खिल्ली उडाउन थाले । तिनीहरूलाई विभिन्न तरिकाले झुक्याएर मूर्ख बनाउन थाले । त्यहीबाट नै पहिलो अप्रिल १ का दिन अरूलाई मूर्ख बनाउने प्रचलनको सुरुवात र विस्तार हुँदै गयो भनिन्छ ।
१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैँ चर्चामा आउँछ । यसलाई देखेर मानिसहरूबिच भागदौड नै मच्चियो, त्रस्त मानिसहरू लामो समय लुके । तर बम नपड्किएपछि उनीहरू फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल