२०८१ श्रावण १२

बेँसीसहर–चामे सडक अवरुद्ध, यात्रुलाई समस्या ।

काठमाण्डौँ, शनिबार सांझ परेको बर्षसंगै पहिरो जांदा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
लमजुङ र मनाङलाई जोड्ने एकमात्र सडकखण्ड अन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए ।
पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको पनि सूचना अधिकारी चपाईले बताए ।