२०८१ श्रावण १२

शान्ति समाजको २० जिल्लामा दबाबमूलक प्रदर्शन ।

काठमाण्डौँ, संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले देशका २० जिल्लामा दबाबमूलक प्रदर्शन गरेको छ ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १८ वर्ष पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा नपुग्नु दुखद रहेको भन्दै समाजले दबाबमुलक कार्यक्रम गरेको हो । ‘ंक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाइनु हुँदैन । यसमा पीडितलाई न्याय र पीडकलाई समाजको सुनिश्चितता हुनुुपर्ने समाजको माग रहेको छ ।
छिटोभन्दा छिटो पीडितले न्याय पाउने अवस्थाको सुनिश्चितता गर्न दबाबस्वरुप देशभरका विभिन्न २० जिल्लामा एकैसाथ प्रदर्शन गरेको समाजले जनाएको छ । प्रदर्शनमा सहभागीहरूले द्धन्द्धकालीन मानव अधिकार गम्भीर उल्लंघनका दोषीलाई कारबाही गर्न र द्धन्द्धकालमा भएका मानवताविरुद्धको अपराधमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै विभिन्न प्ले–कार्डहरू समेत प्रदर्शन गरेका थिए ।
शान्ति समाजले हरेक वर्ष चैत १७ गते हिंसाको खारेजी र दण्डहीनताको अन्त्यमा जोड दिँदै कार्यक्रम गर्दै आएको छ ।