२०८१ श्रावण १२

आज नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवस, सभामुख धिमिरेद्धारा शुभकामना ब्यक्त ।

काठमाण्डौँ, आज नेपाल पत्रकार महासंभको ६९ औँ स्थापना दिवस । महासंघले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदै छ ।
६९ औं स्थापना दिवसका अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् । महासघको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।
नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासघका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।