२०८१ श्रावण १२

नेकपा एमाले कास्कीमा खराजको दबदबा, पृथ्वीसुब्बालाई ठूलै झट्का ।

काठमाण्डौँ, नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् ।
एमाले कास्कीको बुधबार सम्पन्न ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी पृथ्वीसुब्बा प्यानलका माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै खगराज प्यानलका क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् ।
खगराज प्यानलका स्थायी कमिटी सदस्य क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गरे ।
अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् । उपाध्यक्षमा भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०)विजयी भएका हुन् ।
पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) पराजित भए ।
पृथ्वीसुब्बा र खगराज समूहले प्यानल बनाएर निर्वाचनमा उत्रीएका थिए ।