२०८१ श्रावण १२

काठमाडौंमा होली मनाउने ८३ पुरुष र ९ महिला पक्राउ ।

काठमाण्डौँ, काठमाडौंमा जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा ८३ पुरुष र ९ महिला पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूलाई अवस्था हेरेर आजै परिवारको जिम्मा लगाइएको र केहीको हकमा मुद्दासमेत दायर हुने जिल्ला प्रहरी परिसर काठमाण्डौँले जनाएको छ ।
त्यसैगरी, काठमाण्डौँबाट मादक पदार्थ सेवन गरेर चलाइएका २ सय ९५ वटा २ पांग्रे सवारी (मोटरसाइक÷स्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३ सय २ थान सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
होलीलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो ।