२०८१ श्रावण १२

आज विश्व क्षयरोग दिवस, क्षयरोग नियन्त्रणमा थप चुनौती बढ्दो ।

आनन्द गुरुङ, काठमाण्डौँ–आज विश्व क्षयरोग दिवस । नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरि मनाइदै छ ।
हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउदै आइएको छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने तय गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएका छन् ।
नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रणमा चुनौती देखिएको छ ।
क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको जानकारी छाती रोग विशेषज्ञ डा. केदारनरसिंह केसीले दिए । उनले लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगका कारण हुने बताए ।


राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । “उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए ।”
सरकारले सुरु गरेको क्षयरोगमुक्त नेपाल अभियानमार्फत १२५ स्थानीय तहमा क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज कार्यक्रम सञ्चालन गरिएको छ । क्षयरोग नियन्त्रणका लागि ७५३ वटै स्थानीय तहमा खोज कार्यक्रम विस्तार गरिने बताए । ्
केन्द्रका अनुसार उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका छन् । उहाँले सबैभन्दा धेरै बिरामी मधेश प्रदेशमा र त्यसपछि बागमतीमा र लुम्बिनी प्रदेशका रहेको जानकारी दिए ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ३७ हजारभन्दा बढी बिरामी थपिएका छन् । क्षयरोग नियन्त्रण गर्न सकिने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक पर्ने केन्द्रले बताएको छ ।