२०८१ श्रावण १२

काठमाण्डौँका सडकमा बिहानैबाट चेकजाँच शुरु, तीन हजार प्रहरी तैनाथ ।

काठमाण्डौँ, जिल्ला प्रहरी परिसर काठमाण्डौँले फागु पर्व (होली) लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गरेको छ ।
होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन्।
आज होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाण्डौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
“सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ“ उनले भने।
यस वर्षको होली पर्वका लागि २ हजार ५ सय पोसाकधारी र ५ सय सादा पोसाकका गरी तीन हजार प्रहरी खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरीको भनाई छ ।
अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमाआज बिहानैबाट चेकजाँच शुरु भइसकेको यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरने तयारीमा प्रहरी रहेको छ
त्यस्तै अनुमतिबिना रङ दल्ने, लोला हान्ने, जिस्काउनेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।