मनाङमा पदयात्रीको उपचार गर्न दुई विदेशी चिकित्सक, शुक्रबारबाट सेवा शुरु ।
आनन्द गुरुङ,काठमाण्डौँ–हिमालयन उद्धार सघले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि मनाङको मनाङ अस्थायी स्वास्थ्य केन्द्रमा दुई विदेशी चिकित्सक सहितको टोली खटाएको छ ।
हमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरेका उनले बताए । सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्ने सघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिए

टोलीमा सघका कर्मचारीसमेत खटिएका छन् । मनाङ गाउँमा खटिएको टोलीले शुक्रबारदेखि काम थालेको छ । सोलुखुम्बुमा खटिएको टोलीलाई भने काम गर्न केही दिन लाग्ने प्रमुख कार्यकारी अधिकृत बस्यालले बताए ।
मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा.प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा.क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा.निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको जानकारीदिए ।

वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सघले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्