२०८१ श्रावण १२

भरतीय प्रधानमन्त्री मोदीद्धारा भुटानमा आधुनिक अस्पतालको उद्घाटन,

काठमाण्डौँ, थिम्पु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज भूटानको राजधानी थिम्पुमा आधुनिक अस्पतालको उद्घाटन गरेका छन् । भारतको सहयोगमा अस्पताल निर्माण भएको हो ।
अस्पतालको उद्घाटनमा प्रधानमन्त्री मोदीसँगै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पनि उपस्थित थिए । उनीहरुले संयुक्त रुपमा ग्याल्ट्सुएन जेट्सुन पेमा वाङचुक मदर एण्ड चाइल्ड अस्पतालको उद्घाटन गरेका हुन् ।


यो अस्पताल भुटान–भारत मैत्री परियोजना अन्तर्गत निर्माण गरिएको हो । भारतीय प्रधानमन्त्री मोदी भुटानको दुई दिने राजकीय भुटानको भ्रमणका क्रममा हिजो (शुक्रबार) थिम्पु पुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीले हिजो भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकलाई भेटेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी गरेका छन् । हिजो (शुक्रबार) भुटानका राजा जिग्मे वाङचुकले प्रधानमन्त्री मोदीलाई सर्वोच्च सम्मान ‘अर्डर अफ ड्रुक ग्याल्पो’ अवार्डले सम्मान गरेका थिए । प्रधानमन्त्री मोदीले यो सम्मान १४० करोड भारतीयलाई समर्पित गरेको बताएका छन् ।