२०८१ श्रावण १२

काठमाण्डौ उपत्यका लगायत पूर्वी नेपालमा सोमबारसम्म पानी पर्ने ।

काठमाण्डौँ, आज पनि देशभरको मौसमा आएको आंशिक बदलीका कारण काण्माण्डौ उपत्यका सहितकाभूभागमा सामान्य बर्षा भइरहेको छ । देशको पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा मौसम सक्रिय रहकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमामेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ ।