२०८१ श्रावण १२

आज विश्व पानी दिवस ।

काठमाण्डौँ, ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित आज विश्वभरि नै पानी दिवस मनाइँदै छ ।
पानीको महत्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसधको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसंघको भेलाले यस दिवसको घोषणा गरेको हो ।
गुणस्तरीय खानेपानीमा देशको २५ प्रतिशत जनसख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको नेपाल सरकारको दाबी छ ।
१५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने नेपाल सरकारको राष्ट्रिय लक्ष्य रहेको छ ।