२०८१ श्रावण १२

आज पनि काठमाण्डौँ लगायतका भू–भागमा बर्षा हुने ।

काठमाण्डौँ, पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यका सहित देश अधिकांश भूभागमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेक जनाएको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
आज पनि देशका पहाडी भू–भागका थोरै स्थान र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज कोसी, वाग्मती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।