२०८१ श्रावण १२

चीनको लगानीमा निर्मित बन्दरगाहमा सात पाकिस्तानी आतंकवादी मारिए ।

काठमाण्डौँ, चिनियाँ लिगानीमा निर्मित पाकिस्तानी बन्दरगाहमा भएको आक्रमणमा कम्तीमा सात आतंकवादीलाई सुरक्षा बलले मारिदिएको अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानले दशकौँदेखि दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा उग्र विद्रोहको सामना गरिरहेको छ । बलुचिस्तानमा इस्लामाबादका विरोधी पृथकतावादीहरूले प्राय विदेशी लगानीका परियोजनाहरूलाई निशाना बनाइरहन्छन् ।
पाकिस्तानको ग्वादर बन्दरगाह प्राधिकरण परिसरमा ‘घुसपैठ’ को प्रयास गर्ने सात आतंकवादी मारिएको स्थानीय अधिकारी सइद अहमदले बताए । अरब सागमा रहेको ग्वादर बन्दरगाहको व्यवस्थापन एउटा चिनियाँ फर्मद्वारा गरिएको छ र यसलाई आफ्नो विशाल बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाअन्तर्गत पाकिस्तानमा बेइजिङको प्रमुख केन्द्र मानिन्छ ।
बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुगतीले सामाजिक सञ्जालमा आठ आतकवादी मारिएको जानकारी बताएका छन् ।
पृथकतावादी समूह बलुच लिबरेसन आर्मी (बिएलए)का प्रवक्ता जियान्द बलुचले सैन्य गुप्तचर कार्यालयलाई निशाना बनाइएको बताएका छन् ।
बलुच पृथकतावादीहरूले प्राकृतिक स्रोतहरूको विशाल भण्डार भएको यस क्षेत्रबाट आफ्नो समुदायलाई धनको उचित हिस्सा नदिइएको दाबी गर्दै आएका छन् । उनीहरूले विदेशी लगानीका परियोजनाहरूको सुरक्षा गर्ने पाकिस्तानी सुरक्षा बलहरूलाई प्राय निशाना बनाएका छन् ।