२०८१ श्रावण १२

प्रधान सेनापतिद्वारा ५५ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डौँ, प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहका नवनियुक्त अभिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रधान सेना पति शर्माले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी श्री अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी श्री सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।
नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।