२०८१ श्रावण १२

मनाङको लोकप्रिय मावि केन्द्रमा आमा–छोरा एसईइ परीक्षा दिंंदै, विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने ।

आनन्द गुरुङ,काठमाण्डौँ– मनाङको लोकप्रिय मावि, चामे केन्द्रमा यस बर्षको एसईइ परीक्षामा आमा–छोरा संगसगै परीक्षार्थीको रुपमा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ मनाङले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाय, मनाङका प्रमुख मतीलाल चपाईका अनुसार लोकप्रिय माविबाट बर्ष ४३ की आमा राधा छेत्री(थापा)ले खुल्ला र छोरा जयबहहादुर थापाले संगसंगै यस बर्षको परीक्षा दिने बताए ।

यसबर्षको एसईइ परीक्षामा मनाङ जिल्लाको लोकप्रिय माविबाट १७ जना प्राविधिक, ३ जना खुल्ला र २० जना सामान्य, प्रकाशज्योती मावि, थाँेचेबाट १९ जना र अन्नपूर्ण मावि ङियाङबाट १ जना गरी कूल ४० जना परीक्षार्थी परिक्षामा सहभागी हुने छन् । लोकप्रिय मावि परीक्षा केन्द्र तोकिएको छ भने जनशक्तीको व्यवस्पन भने गर्न बाँकी रहेको प्रमुख चपाईले बताए ।

आगामी चैत्र १५ गतेदेखि २७ गते सम्पन्न हुने यस बर्षको एसई परीक्षामा देशभरबाट कुल पाँच लाख चार हजार ४ सय १४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सख्या घट्न सक्ने परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
यसबर्षको परीक्षा सञ्चालनका लागि र्बोडले आवश्यक पर्ने प्रश्नपत्र देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए ।

यसवर्ष पनि नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने नियन्त्रक पौडेलले बताए ।